कार्यकारी प्रमुखबाट सन्देश

आदरणीय सदस्य महानुभावहरु,
यस संस्थाको स्थापना सदस्यहरुको आर्थिक स्थिति सुदृढ बनाउने उद्देश्यले वित्तिय क्षेत्रका अनुभवी एवम् कुशल ब्यक्तिहरूको लगानीमा भएको हो । हाम्रो मूल उद्देश्य भनेकै सदस्यहरुको आर्थिक स्थिती सुदृढ गर्नु हो । नयाँ नयाँ कार्य योजनाहरु ल्याएर सदस्यमा आर्थिक बचत गराउने मनस्थिती जागृत गराउन हामी निरन्तर लागि परेका छौ ।

आज गुडविल सहकारी संस्था जुन स्थानमा पुगेको छ त्यसको श्रेय यहाँहरु सबैलाई जान्छ । यहाँहरुकै माया, सद्भाव र हौसला पाएर अन्य सहकारीहरु माझ छुट्टै पहिचान बनाउन सफल भएका छौ । संस्थाका सम्पुर्ण सदस्य महानुभावहरु को सुझाव तथा सर सल्लाह सिरोपर गर्दै र साथै आगामी दिनहरुमा पनि तपाईंहरुबाट यस्तै प्रकारको समन्वय तथा सहयोगको अपेक्षा राख्दै लक्षित कार्यहरुमा पुग्ने आशा तथा विश्वास लिएको छु ।

धन्यवाद । जय सहकारी ।

निर बहादुर सुनुवार
कार्यकारी प्रमुख