संस्थाले सदस्यहरुको रु ५ हजार देखि माथिको एकमुष्ठ वचत निश्चित ६ महिना, ९ महिना, १२ र २४ महिनाको अवधि सम्म राख्दामा उच्चतम Read More
Welcome To Our Website!
संक्षिप्त परिचय
“एकका लागि सबै, सबैका लागि एक” सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार २०६५ साल श्रावण २३ गते विधिवत रुपमा साविक डिभिजन सहकारी कार्यालय काठमाण्डौमा द.नं. १७७७/०६४/६५ र राष्ट्रिय सहकारी नियमन प्राधिकरण को इजाजत पत्र नं. २०६५–००२२३ प्राप्त गरी काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिलमा कार्यालय स्थापना गरि वचत तथा ऋणको कारोवार शुरु गरेको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले २६ जना स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ । परिकल्पना “सहज पहुँच र उत्कृष्ट वित्तिय समाधान” ध्येय “सदस्यको आवश्यकतामा आधारित वित्तिय उत्पादनलाई आधुनिक प्रविधीको प्रयोग…
Read More














