लक्ष्य

  • कामको प्रकृतिको आधारमा संस्थाका उद्देश्यहरुलाई अल्पकालिन र दीर्घकालीन गरी दुई भागमा वर्गिकरण गरिनेछ । संस्थाले आफ्नो जीवनकालमा निरन्तर रुपमा हासिल गर्नुपर्ने उद्देश्यहरु लामो अवधिको उद्देश्य र तोकिएको निश्चित अवधिभित्र हासिल गर्नुपर्ने उद्देश्य छोटो अवधिको उद्देश्यको रुपमा रहनेछन् । हाल संस्था सञ्चालनको लागि केही उद्देश्यहरु निश्चित गरिएको छ ।
  • समुदायका सदस्यहरुलाई बचतको अवधारणा सिकाई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • समुदायका सदस्यहरुको औपचारिक वित्तीय क्षेत्रमा पहुँच स्थापित गर्ने ।
  • सदस्यहरुलाई सर्वसुलभ तवरबाट ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने ।
  • आफ्ना सदस्यहरुको आर्थिक वृद्धिको लागि सीपमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी वढाउने ।
  • सदस्यहरुसँगको सम्वन्ध प्रगाढ वनाउने ।
  • सुचना तथा संचार प्रविधीमा अद्यावधिक गर्ने ।
  • सहकारीको माध्यमबाट आर्थिक विकासमा राज्यलाई टेवा पु-याउने ।
  • सदस्यहरुलाई सहकारी शिक्षा तथा सचेतना सम्वन्धी तालिम दिने ।
  • समुदायमा साकोसको छवि उच्च बनाउने ।
  • सदस्यहरु माझ पारिवारिक सम्बन्ध बनाउने ।
  • सदस्यहरुको आर्थिक, सामाजिक र स्वास्थ्यमा आत्मनिर्भर बनाउने ।