सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ७, चावहिल स्थित साकोसले चार दिवसीय सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) मिति २०७७ चैत्र २७ गतेका दिन भक्तपुरमा सम्पन्न भएको छ । चैत्र २३ गते देखि सुरु भएको उक्त तालिममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु र व्यवस्थापनमा संलग्न कर्मचारीहरु सहित १३ जनाको सहभागिता रहेको थियो ।
औपचारिक समापन समारोह कार्यक्रममा संस्थाका अध्यक्ष निमदोर्जी शेर्पाको अध्यक्षतामा नेफ्स्कुनको प्राचार्य गणेश तिमिल्सिनाज्युको प्रमुख आतिथ्यमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । गुडविल साकोसले नीति, विधी र प्रविधिमा संचालित हुनुपर्ने, ऋण लगानीमा वढी ध्यान दिनुपर्ने, सदस्यको वचत पहिलो सुरक्षा गर्नुपर्नेमा जोड दिदै तालिममा सिकेको कुराहरु संस्थामा लागु गर्न अनुरोध गर्नुभयो । तालिममा नेफ्स्कुनका तालिम अधिकृत बल्लभ तिमल्सिना र सुमन राज घिमिरेज्युले सहजीकरण गर्नु भएको थियो ।