सदस्य पहिचान फाराम अद्यावधिक गर्ने सुचना

सहकारी विभागद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ वमोजिम यस संस्थामा आवद्ध हुनु भई कारोवार गरिरहनु भएका सदस्यहरुको सदस्य पहिचान फाराम (Know Your Member) भरी सदस्यहरुको विवरण अद्यावधिक गर्ने काम भैरहेको हुदा आवश्यक कागजातहरु (नागरिकता प्रमाण पत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो र हाल बसोवार गरिरहेको ठेगाना प्रमाणित हुने कागजात आदि) उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।